डिभिजन वन कार्यालयको स्वीकृति लिएर वृक्षारोपण तथा संरक्षण कार्य गर्न पाइन्छ।
कार्ययोजना अवधि सकिनु अघि आवश्यक प्रगति विवरणसहित डिभिजन वन कार्यालयमा निवेदन पेश गरी नवीकरण गर्नुपर्छ।
डिभिजन वन कार्यालय, सब–डिभिजन वन कार्यालय वा नजिकको वन कार्यालयमा उजुरी दर्ता गर्न सकिन्छ।
डिभिजन वन कार्यालय वा मातहतका नर्सरीबाट तोकिएको समय र दर अनुसार बिरुवा वितरण गरिन्छ। सोहि समयमा प्रक्रिया पुर्याएर विरुवा लिन सकिन्छ ।
पीडितले प्रमाणसहित डिभिजन वन कार्यालयमा निवेदन दिनुपर्छ। प्रक्रिया पूरा भएपछि नियमअनुसार क्षतिपूर्ति प्रदान गरिन्छ।
प्रचलित कानुनअनुसार जरिवाना, कैद वा दुवै सजाय हुन सक्छ।
अनधिकृत रूपमा रुख काट्नु, वन पैदावार चोरी गर्नु, अवैध ढुवानी गर्नु, वन अतिक्रमण गर्नु आदि कार्यलाई वन अपराध भनिन्छ।
डिभिजन वन कार्यालयमा निवेदन, स्रोत खुल्ने कागजात र आवश्यक शुल्क बुझाएपछि ढुवानी पास प्रदान गरिन्छ।
सामान्यतया निजी जग्गामा हुर्काएको रुख काट्न अनुमति आवश्यक पर्दैन, तर ढुवानी र बिक्री गर्दा सम्बन्धित निकायबाट सिफारिस वा प्रमाणिकरण चाहिन सक्छ।
सम्बन्धित व्यक्ति वा संस्थाले आवश्यक विवरणसहित निवेदन पेश गरेपछि नियमअनुसार अनुमति (परमिट) प्रदान गरिन्छ।
उपभोक्ता समूहको निवेदन, उपभोक्ताहरूको नामावली, वन क्षेत्रको नक्सा, कार्ययोजना मसौदा तथा समूहको विधान आवश्यक पर्दछ।
सम्बन्धित क्षेत्रका उपभोक्ताहरूको भेलाबाट उपभोक्ता समिति गठन गरी निवेदन, नागरिकताको प्रतिलिपि, वन क्षेत्रको नक्सा तथा आवश्यक कागजातसहित डिभिजन वन कार्यालयमा पेश गर्नुपर्छ।
डिभिजन वन कार्यालयले राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन, उपयोग, सामुदायिक वन हस्तान्तरण, वन पैदावारको नियमन, वन अपराध नियन्त्रण तथा वनसम्बन्धी सेवा प्रवाह गर्ने कार्य गर्दछ।