प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

परिचय

नेपालको प्राकृतिक सम्पदा मध्ये वन एउटा अत्यन्त महत्वपुर्ण श्रोत हो । देशको आर्थिक विकासको लागि मेरुदण्ड मानिएको कृषि,जलश्रोत,जलविद्युत, उद्योग, वातावरणीय सन्तुलन, पर्यटन विकासको लागि वन क्षेत्रले ठुलो योगदान पुर्याउदै आएको छ । त्यसै गरी वन क्षेत्रले स्थानिय वन उपभोक्ताहरुको दैनिक आवश्यकता परिपुर्ति गर्दै आएको छ । जनताको सकृय सहभागितामा दिगो एवं सन्तुलित वन विकास कार्यक्रम संचालित गरी आवश्यक पर्ने काठ, दाउरा, डालेघाँस र अन्य लघु वन पैदावारहरु को नियमित आपुर्ति गराउनुको साथै वन र कृषि प्रणालीमा प्रभावकारी सामन्जस्यता ल्याई खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत योगदान पुर्याई भूक्षय, बाढि, पहिरो मरुभूमिकरण तथा अन्य वातावरण असन्तुलन बाट देशको भूभागलाई संरक्षण गर्नु समेत वन विकासको मूल उदेश्य रहेको छ । वन क्षेत्रको संरक्षण एवं दिगो व्यवस्थापन मार्फत उत्पाकत्व वृद्घि गरी प्राप्त वस्तु तथा सेवाको सदुपयोगबाट बृहत रोजगारीका अवसरहरु श्रृजना गरी समृद्ध नेपाल बनाउन सहयोग पुर्याउने वन क्षेत्रको दिर्घकालिन सोच रहेको छ । वन संरक्षण, सम्बर्धन तथा व्यवस्थापन गर्न डिभिजन वन कार्यालयको महत्वपुणर् भुमिका रहदै आएको छ ।