• कर्णाली प्रदेश सरकार

    उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

    वन तथा वातावरण निर्देशनालय

    डिभिजन वन कार्यालय

    खलंगा, सल्यान


    परिचय

    नेपालको प्राकृतिक सम्पदा मध्ये वन एउटा अत्यन्त महत्वपुर्ण श्रोत हो । देशको आर्थिक विकासको लागि मेरुदण्ड मानिएको कृषि,जलश्रोत,जलविद्युत, उद्योग, वातावरणीय सन्तुलन, पर्यटन विकासको लागि वन क्षेत्रले ठुलो योगदान पुर्‍याउदै आएको छ । त्यसै गरी वन क्षेत्रले स्थानिय वन उपभोक्ताहरुको दैनिक आवश्यकता परिपुर्ति गर्दै आएको छ । जनताको सकृय सहभागितामा दिगो एवं सन्तुलित वन विकास कार्यक्रम संचालित गरी आवश्यक पर्ने काठ, दाउरा, डालेघाँस र अन्य लघु वन पैदावारहरु को नियमित आपुर्ति गराउनुको साथै वन र कृषि प्रणालीमा प्रभावकारी सामन्जस्यता ल्याई खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत योगदान पुर्‍याई भूक्षय, बाढि, पहिरो मरुभूमिकरण तथा अन्य वातावरण असन्तुलन बाट देशको भूभागलाई संरक्षण गर्नु समेत वन विकासको मूल उदेश्य रहेको छ । वन क्षेत्रको संरक्षण एवं दिगो व्यवस्थापन मार्फत उत्पाकत्व वृद्घि गरी प्राप्त वस्तु तथा सेवाको सदुपयोगबाट बृहत रोजगारीका अवसरहरु श्रृजना गरी समृद्घ नेपाल बनाउन सहयोग पुर्‍याउने वन क्षेत्रको दिर्घकालिन सोच रहेको छ । वन संरक्षण, सम्बर्धन तथा व्यवस्थापन गर्न डिभिजन वन कार्यालयको महत्वपुणर् भुमिका रहदै आएको छ ।

    उदेश्य

    क्षेत्रभित्र रहेका वन विभाग, भू तथा जलाधार संरक्षण विभाग, वनस्पति विभाग, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन अनुसन्धान तथा सर्वेक्षण विभाग तथा क्षेत्रीय वन तालिम केन्द्र अन्तर्गतका कार्यालयहरुबाट संचालित कार्यक्रमहरुको अनुगमन तथा निरीक्षण गर्ने । क्षेत्र स्थित वन, वनस्पति, भू संरक्षण, वन अनुसन्धान र राष्ट्रिय निकुन्ज सम्बन्धि कार्य गर्ने आयोजना, परियोजना र अन्य गैरसरकारी संघ संस्थाहरुसँग समन्वय गरी कार्यक्रम संचालन एवं प्रभावकारी बनाउने । वन अनुसन्धान तथा सर्वेक्षण विभाग अन्तर्गतका अनुसन्धान प्लटहरुको अनुगमन तथा निरीक्षण गर्नुको साथै अनुसन्धानबाट प्राप्त जनउपयोगी नतिजाहरुको प्रचार प्रसार गर्ने गराउने ।

    केन्द्रको जिम्मेवारी

    वन क्षेत्रको दिगो व्यवस्थापन गरी वन र पारिस्थितिकीय वस्तु तथा सेवा प्रवाह एवं जिम्मेवारपूर्ण उपयोग गर्दै वन उद्धम मार्फत रोजगार सिर्जना गरी गरिबी न्यूनीकरणमा टेवा पुर्याउने क्रममा वन क्षेत्रमा संचालित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्नु क्षेत्रीय वन निर्देशनालयको मुख्य लक्ष्य हो ।

    © 2020 Copyright : डिभिजन वन कार्यालय, खलंगा, सल्यान
    Last Updated: 2020/09/17
    Developed By: Ninja Infosys Pvt. Ltd.